आजपनि घट्यो सुनको मूल्य

आजपनि घट्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनको मूल्य बुधबार (आज) पनि घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएकोमा आज एक हजार रुपैयाँले घटेको हो । मंगलबार पनि सुनको मूल्य पाँच सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १५ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ४५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३८५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।