बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार?

बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएकोमा आज ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार २५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ८० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४ सय ८५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।