काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो ।
हिजो ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदी १० रुपैयाँले घटेर ५५८५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया