काठमाण्डु – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३ सयले ओरालो लागेर ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ८ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ३४० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९९ डलर आसपास कारोबार भइरहेको छ ।




प्रतिक्रिया