काठमाण्डु– सोमबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । हिजो ९ हजार ५ सय रुपैयाँ घटेको सुनको भाउ आजपनि २ हजार ४ सय रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो ४ दिनमा सुनको भाउ १५ हजार ५ सय रुपैयाँ घटेको छ।
हिजो ३ लाख ९ हजार रूपैयाँमा कारोबार भएको सुन आज ३ लाख ६ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी चाँदीको मूल्य भने आज स्थिर रहेको छ। हिजो तोलामा १ सय ८५ रुपैयाँ घटेर ४ हजार ७ सय ८० रुपैयाँमा झरेको चाँदीको भाउ आज सोही मूल्यमा स्थिर रहेको हो।




प्रतिक्रिया