सुनको मूल्य ५०० ले घट्यो

सुनको मूल्य ५०० ले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज आईतबार सामान्य गिरावट देखिएको छ । शनिबार प्रतितोला ७१ हजार ५०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ५०० ले घटेर ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ५०० ले घटेर ७० हजार ७०० कायम भएको छ । शनिबार तेजाबी सुन प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोवार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि केही ओरालो लागेको छ । शनिबार प्रतितोला ८४० मा कारोवार भएको चाँदीको मूल्य आज प्रतितोला ८३० कायम भएको महासङ्घले जनाएको छ । पछिल्लो एक महीनाको अवधिमा सुन र चाँदीको मूल्य निकै आकाशिएको छ । साउन महीनामा मात्रै सुनको मूल्य प्रतितोला छ हजारसम्मले बढेको थियो ।

यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च ७१ हजार ५०० मा खरीद बिक्री भएको थियो । चीन–अमेरिका व्यापार टवराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो ।