सात सयले घट्यो सुनको मूल्य

सात सयले घट्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला ७०० ले कमी आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा ७०० ले कमी आई ९६ हजार ५०० मा कारोवार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९७ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनमा समेत प्रतितोला रु ७०० ले कमी आएको छ । बुधबार प्रतितोला ९६ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज ९६ हजारमा कारोवार भएको छ । यस्तै चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३४५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २६५ कारोवार भएको थियो ।