सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलामा ६५ हजार ८ सय रुपैयाँ

सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलामा ६५ हजार ८ सय रुपैयाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको इतिहासमै सुन अहिलेसम्मकै महँगो भएको छ ।

(आज) शुक्रबार सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको असार १० गते सुनको भाउ तोलाको ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो । बिहीबार ४ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा पनि प्रभाव परेको हो । चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।