काठमाडौं – सुनको भाउ उकालो लाग्ने क्रम जारी छ । मंगलबारको तुलनामा बुधबार एकैदिन १५ सय रुपैयाँले बढेर सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँ भएको छ । यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो ।
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा भर पर्ने भएकाले कतिसम्म पुग्छ भनेर एकीन गर्न नसकिने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए ।
अहिले सुन महँगो भएपछि खरिद गर्नेहरु पनि नभएका शाक्यले बताए । त्यस्तै अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्व मत्थर नहुँदा पनि सुनको मूल्य बढेको शाक्यले बताए ।




प्रतिक्रिया