नेपालको इतिहासमै नयाँ रेकर्ड, सुनको मूल्य ६४ हजार पुग्यो

नेपालको इतिहासमै नयाँ रेकर्ड, सुनको मूल्य ६४ हजार पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं  – २०७५ साल फागुन ८ गते सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा भएको कारोबारको रेकर्ड तोड्दै सुन बिहिबार तोलामा लामा ६४ हजार रुपैयाँ पुगेको छ ।

नेपालको इतिहासमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै आज तोलामा ६४ हजार रुपैयाँ पुगेको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

यसअघि सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँभन्दा बढी मूल्यमा कारोबार नभएको नेपाल सुनचाँदी ब्यवसायी महासंंले जनाएको छ ।

२०७५ साल फागुन ८ गते सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यो रेकर्ड तोड्दै सुनले आज ६४ हजारको नयाँ रेकर्ड कायम गरेको हो । अघिल्लो दिन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँ बढेको हो ।