आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ४ सय रुपैयाँले घटेर ९७ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।