काठमाण्डु – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ । आइतबार नेपाली बजारमा सुनको मूल्य ९६ हजार ३ सय पुगेको हो ।
शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज ९६ हजार ३ सय पुगेको हो । आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँ कायम भएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔंस १९ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया