फेरी सुनको मूल्यले राख्यो नयाँ रेकर्ड

फेरी सुनको मूल्यले राख्यो नयाँ रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सुनको भाउ पुनः उकालो लागेको छ । १५ दिनमा सुनको भाउ तोलामा २ हजार रुपैयाँ महँगो भएको हो ।

सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ७३ हजार ५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको भाउ गएको महिनादेखि फेरि बिस्तारै बढेर आज तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

गएको १ गते तोलाको ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता आजसम्ममा तोलामा २ हजार रुपैयाँ बढेको छ । यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।