सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सुनको भाउ आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेको छ। शुक्रबार ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुुन आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, तेजाबी सुनको मूल्यमा ७१ हजार २ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन शुक्रबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

केहीदिन अघिसम्म निरन्तर उकालो लागेको सुनको मूल्य पछिल्लो सातामा भने केही कमी आएको छ। छापावाल सुन प्रतितोला ७३ हजार नाघेकोमा अहिले मूल्य केही घटेको हो। चाँदीको मूल्यमा भने १५ रुपैयाँले वृद्धि भएको छ। शुक्रबार ८ सय ८५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आइतबार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।