बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुन र चाँदीको मूल्य बढेको छ । मंगलबार सुनचाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

यो सँगै छापावाल सुनको मूल्य ९३ हजार १००, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य १२ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य ९३ हजार र चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।