२ लाख ५ हजारबाट उकालो लाग्यो सुन, चाँदीको भाउले पनि राख्यो नयाँ रेकर्ड

२ लाख ५ हजारबाट उकालो लाग्यो सुन, चाँदीको भाउले पनि राख्यो नयाँ रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड राखेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला १७ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ।

विश्वका लगानीकर्ताहरुले अन्य क्षेत्र भन्दा सुन सुरक्षित लगानीको रुपमा लिँदा विश्व बजारमा सुनको मूल्य वृद्धि भएको जानकारहरु बताउँछन्।

यस्तै आज यस्तै आज चाँदीको भाउले पनि रेकर्ड राखेको छ । आज एकै दिन चाँदी प्रतितोला ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २४७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।