सुनचाँदीको भाउले राख्यो नयाँ रेकर्ड

सुनचाँदीको भाउले राख्यो नयाँ रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै आज चाँदीको भाउपनि तोलामा २० रुपैयाँले बढेर २५९५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यो सँगै चाँदीको भाउ पनि इतिहासकै महङ्गो बनेको छ ।