ह्वात्तै बढेर सुनचाँदीको भाउ बन्यो इतिहासकै महङ्गो

ह्वात्तै बढेर सुनचाँदीको भाउ बन्यो इतिहासकै महङ्गो


काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ४ हजार १ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ७० हजार ६०० सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य तोलाको ४ हजार ९ सय ९० रुपैयाँ कायम थियो ।

सुनचाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।