पाँच हजार ८०० रुपैयाँले घट्यो सुनको भाउ

पाँच हजार ८०० रुपैयाँले घट्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। सुन प्रतितोला ५ हजार ८०० र चाँदी प्रतितोला १५५ रुपैयाँले घटेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य २ लाख ८५ हजार ५०० पुगेको छ। बिहीबार एकतोला सुनको मूल्य २ लाख ९१ हजार ३०० कायम भएको थियो।

यस्तै प्रतितोला चाँदी ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदी ४ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भएको थियो।