सुनको मूल्यमा १२ सयले वृद्धि

सुनको मूल्यमा १२ सयले वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख २२ हजार पाँच सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला दुई हजार सात सय ४० रुपैयाँ पुगेको छ।

बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार तीन सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला दुई हजार छ सय ८५ रुपैयाँ तोकिएको थियो। एकै दिनमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ र चाँदीको मूल्य ५५ रुपैयाँले बढेको महासंघले जनाएको छ।

बिहीबार कायम भएको चाँदीको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।