काठमाडौं – शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार अहिलेसम्मकै बढी प्रतितोला ७३ हजार ४ सय पुगेको सुनको मूल्य शुक्रबार १ हजार रुपैयाँले घटेर ७२ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७२ हजार १ सय कायम भएको छ । त्यस्तै सुनको मूल्सँगै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य ८ सय ८५ भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया