त्रिभुवन विमानस्थलबाट १९ किलाे भन्दा बढी सुन बरामद


काठमाण्डु – त्रिभुवन विमानस्थलबाट प्रहरीले १९ किलो ८ सय ग्राम सुन बरामद गरेको छ । शुक्रबार त्रिवि विमानस्थलमा खटिएका प्रहरीले सुन बरामद गरेको हो।

फ्लाई दुबईको जहाजबाट काठमाण्डु आएका सुडानका नागरिक मोहम्मद अहमेदकाे साथमा उक्त सुन फेला परेको प्रहरीले जनाएको छ।

महोमद अहमेदले कम्मरको छेउमा प्लास्टिकमा प्याक गरि ल्याएको सेमी लिक्वीड सुन जस्तो देखिने पहेँलो धातु कार्यालयले प्रहरीको सहयोगमा भर्खरै नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । थप अनुसन्धानका लागि पक्राउ गरिएको सुन त्रिअवि भन्सार कार्यालयमा राखिएको ।

प्रतिक्रिया दिनुहोस
Advertisement