संसद्मा कार्यरत प्रहरीले आफैले गोली हानेर गरे आत्महत्या

संसद्मा कार्यरत प्रहरीले आफैले गोली हानेर गरे आत्महत्या


काठमाण्डु-संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेका छन् । आफैले बोकेको हतियारले गोली हानी उनले आत्महत्या गरेका हुन् ।

बुधबार बिहान २२ वर्षीय गोलेले आफैँलाई गोली हानेका हुन् । उनले शौचालयमा गएर आफैँले बोकेको पेस्तोलले आफैँलाई गोली हानेका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले ती प्रहरी जवानले आफैँले गोली हानेर आत्महत्या गरेको जानकारी दिए ।

दोलखा घर भएका प्रहरी जवान अजित गोले गोली लागेको अवस्थामा मृत फेला परेका हुन् । उनी शौचालयमा फेला परेका थिए ।