काठमाडौं – काठमाडौंको स्वयम्भूस्थित विजेश्वरीमा गोली चलेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले विजेश्वरी हाउजिङको झिँगु क्याफेमा गोली हानेर ‘लोप्साङ’ भन्ने विजय लामा र अमृत तामाङलाई पक्राउ गरेको हो ।
अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार लामालाई घुँडामुनि गोली लागेको छ । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।




प्रतिक्रिया