कटारीमा गोली लागेर राउतको मृत्यु

कटारीमा गोली लागेर राउतको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट – उदयपुर कटारी नगरपालिका– ११ स्थित गोठडाँडामा गोली लागेर एक जनाको मृत्यु भएको छ । सिकार खेल्न गएका ५० वर्षिय शंकर राउतको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

सिकार खेल्न गएका राउतमाथी गोली कसले र किन चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेमसागर केसीले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि कटारी अस्पतालमा ल्याइएको छ ।