रौतहट – रौतहटमा एक युवकको गोली हानी हत्या भएको छ । इशनाथ नगरपालिका–६ मा आइतबार साँझ एक युवकको गोली हानी हत्या भएको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
भारतीय नम्बरको मोटरसाइकलमा राखेर ल्याइएका ती युवकमाथि गोली प्रहार गरी अन्य २ जना पुनः भारततर्फ फर्किएको स्थानीयले बताएका छन् । भारतबाट आएकाहरुले उतैको नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ ।
घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




प्रतिक्रिया