वडा सदस्यमाथि गोली प्रहार

वडा सदस्यमाथि गोली प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – धाडिङको बेनिघाटस्थित रोराङ गाउँपालिका–८ का वडा सदस्य रामजी चेपाङमाथि इन्द्र बहादुर चेपाङले गोली प्रहार गरेका छन् ।

बुधबार बेलुकी ८ बजे खाना खाँदै गरेका रामजी चेपाङमाथि गोली हानी इन्द्र चपाङ भागेको रोराङ–७ का अध्यक्ष हिरालाल थपलियाले जानकारी दिए ।

भारुवा बन्दुकको गोलीले टाउकोमा लागेकाले रामजीको अवस्था चिन्ताजनक रहेको छ । उनको काठमाडौँ मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

आफ्नो घर छोडेर जंगलमा बस्दै आएका इन्द्रलाई चौपायाको हत्या गर्नेदेखि महिलाहरुमाथि दुव्र्यवहार ,बलत्कार तथा अन्य अभद्र कार्यहरुको अभियोगको आरोप समेत लागेको छ ।