काठमाण्डु – सिक्री लुटपाट गरी फरार रहेका एक जनालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ।
काठमाण्डुको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा प्रहरीले कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
साउन १६ गते उनलाई पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको थियो। घाइते अवस्थामा नियन्त्रणमा लिइएका तामाङको साथबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ।
खुट्टामा गोली लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कैद भुक्तान गरिरहेका उनाी जेनजी आन्दोलनमा फरार भएका थिए ।




प्रतिक्रिया