कपिलवस्तु – कपिलवस्तुमा तत्कालिन समाजवादी पार्टी नेपालका नेतामाथि गोली प्रहार भएको छ ।
शुद्धोधन गाउँपालिकाका पार्टी अध्यक्ष रामनयन यादवमाथि मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले लुम्बिनी तौलिहवा सडक खण्डस्थित टिटिरियामा गोली प्रहार गरेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
टिटिरिया मा पर्छ । मोटरसाइकलमा सवार रहेका यादवलाई पछाडिबाट मोटरसाइकलमै आएका २ जनाको समूहले गोली प्रहार गरि भागेका थिए ।
शुद्धोधन गाउँपालिका–५ हथिहवा निवासी यादवको हातको पाखुरामा गोली लागेको छ । सामान्य घाइते भएका यादवको अहिले तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया