आफैले बोकेको बन्दुक पड्किदा एक जना घाइते


गुल्मी – मंगलबार दिउँसो आफैले बोकेको बन्दुक पड्किदा कालीगण्डकी गाउँपालिका–६, तुपुङ बस्ने ७३ वर्षीय तिल बहादुर थापा  घाइते भएका छन् ।

आफ्नै खेतबारीमा बादर लखेट्नको लागि बन्दुक लिई गएका उनको एक्कासि बन्दुकको सिलिङ फुत्कन गई बन्दुक पड्किँदा छर्रा लाग्न गई घाइते भएका थिए । उनालाई उपचारको लागि मेडिकल कलेज प्रभास पाल्पा लगिएकोमा थप उपचारको लागि भैरहवा मेडीकल कलेज रुपन्देही पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement