काठमाण्डु–पूर्वमन्त्री गोकुल बास्कोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तीन जना मन्त्री फेरिए पनि धुलिखेलको ४ किलोमिटर बाटो बन्न नसकेको भन्दै आक्रोश पाेखेका छन् ।
सामाजिक सञ्जालमा पाेस्ट लेख्दै उनले भने ‘जनता सोधिरहे, धुलिखेल खावा बाटो कहिले बन्छ ? मैले भनिरहे यो साल । भौतिक मन्त्रालयले तीन मन्त्री, डीजी फटायो तर चार किलो बाटो बनाएन ।’
भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे कथासँग तुलना गर्दै उनले तीनजना मन्त्री र डीजी फेरिए पनि बाटो बन्न नसकेको बताए ।
उनले भने, ‘गत साता मन्त्री भेटे सचिव देखाए,सचिव भेटे डीजी देखाए । हिजो डीजीलाई सोधे ठेकदारलाई थाहा होला भने । यो देश बन्छ । जसरी भूपीले लेखेथे–’घुम्ने मेचमाथि अन्धो मान्छे ।’




प्रतिक्रिया