धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ । स्थानीय निर्वाचन अन्तर्गत हालसम्म ८ हजार ७०० गणनामा हमालले ३ हजार ८२९ मत प्राप्त गरेका छन् ।

यता सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ८५, नेकपा एमालेका रणबहादुर चन्दले ९३७ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले १ हजार ७६५, एमालेकी कन्दकला रानाले १ हजार ५४५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार १२२ मत पाएका छन् ।