गोपाल खड्काले शक्ति देखाए, खड्काको दबाबमा आपूर्ति सचिव फेरीए

गोपाल खड्काले शक्ति देखाए, खड्काको दबाबमा आपूर्ति सचिव फेरीए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–  अनियमितता आरोपमा मन्त्रालय तानिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको दबाबमा सरकारले आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई सरुवा गरेको छ ।

 

 

 

इन्धन भण्डारणका लागि जग्गा खरिद अनियमिततामा संलग्न खड्कामाथि कारबाही गर्न अग्रसरता लिएका सचिव देवकोटालाई खड्काकै दबाबमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

 

 

 

इन्धन भण्डारणका लागि जग्गा खरिद अनियमिततामा संलग्न खड्कामाथि कारबाही गर्न अग्रसरता लिएका सचिव देवकोटालाई खड्काकै दबाबमा सरुवा गरिएको छ ।  भूमिसुधार मन्त्रालयबाट आपूर्ति आएका सचिव देवकोटालाई दुई महिनामै सरुवा गरेपछि भ्रष्टाचार नियन्त्रणमा सक्रियता देखाएका सचिवको मनोबल घट्ने देखिएको छ ।

 

 

 

सचिव देवकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालय सरुवा गरेर क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका क्षेत्रीय प्रशासक अनिल ठाकुरलाई आपूर्ति मन्त्रालयमा ल्याइएको छ । सचिव देवकोटाले आफ्नो सरुवा भएकोे पुष्टि गरे ।

 

 

‘निर्वाचन आयोगबाट अनुमति लिएर मेरो सरुवा गरेको जानकारी पाएँ,’ उनले भने । मन्त्रिपरिषद्ले बर्खास्त गरेका खड्का अदालतको आदेशमा निगम फर्किएपछि  देवकोटाकै पहलमा खड्कालाई मन्त्रालय तान्ने निर्णय भएको थियो ।

 

 

 

खड्कालाई निगममै राख्दा निगमको हितविपरीत कार्य गर्न सक्ने भन्दै मन्त्रालयमा हाजिर गराउने निर्णय मन्त्रालयको थियो । मन्त्रालयको निर्णय अटेर गरेर बिदा बसेका खड्का सचिव देवकोटा मन्त्रालयमा छँदासम्म हाजिर नहुने अडानमा थिए ।

 

 

स्रोतका अनुसार देवकोटाले खड्कालाई कुनै पनि हालतमा कारबाही गर्नुपर्ने अडान लिएपछि उनको सरुवा गरेर खड्का फेरि निगम फर्किने योजनामा छन् । ‘फेरि निगम फर्किने योजना बनाएर देवकोटालाई सरुवा गर्न लबिङ भएको हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अब आउने सचिवले के गर्नुहुन्छ ?’  आजको नागरीक दैनिकमा समाचार छ ।