काठमाण्डु – नेता गोपाल किराँतीले पूर्वसहकर्मीहरुलाई एकताका निम्ति आग्रह गर्दै पत्र काटेका छन् ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई एक ठाउँमा उभिन आग्रह गर्दै पत्र काटेका हुन् ।
अहिलेका शक्तिबाट देशले निकास नपाउने भन्दै स्थिरता र विकासका लागि पुनः पूर्वमाओवादीहरु मिल्नुको विकल्प नभएको बताएका छन् ।
नेता किराँतीले समाजवाद र गणतन्त्रमा पूर्वमाओवादीहरु एउटै कित्तामा उभिनुपर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले उनको पत्रको जवाफ दिएका छन् । प्रचण्डले एकताका निम्ति वार्ता र संवादका माध्यमबाट अघि बढ्नुपर्ने बताएका छन् । अन्य नेताहरुले भने पत्रको जवाफ नदिएको नेता किराँतीले बताए ।
गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो । सर्वोच्चको फैसलाअघि माओवादी केन्द्र किँरातीले निर्वाचन आयोगमा दर्ता गराएका थिए ।
यता प्रचण्डले भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्च अदालतले नेकपा खारेज गरेको भन्दै पुनरावलोकनका लागि अदालत जाने भएका छन् । प्रचण्डले दुई जना कानून व्यवसायीसमेत तयार पारिसकेका छन् । उनले वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र मुक्ति प्रधानलाई सर्वोच्चमा निवेदन दिन जाने तयारी गर्न भनेका छन् ।
माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले नेकपा विवादबारे फागुन २३ गते सर्वोच्चले गरेको फैसलाबारे पुनरावलोकनमा जाने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
कानुन व्यवसायीहरू शम्भु थापा, रामनारायण बिडारी, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधान लगायतले नेकपा भंग गराउने सर्वोच्चको फैसला सच्चिने गतिला आधार भएको तर्क गर्दै माओवादीलाई पुनरावलोकनमा जान सुझाव दिएका थिए ।
अदालतको फैसला आएको ६० दिनभित्र पुनरावलोकनमा जानुपर्ने कानुनी व्यवस्था छ । उनीहरुको सुझाव अनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्ष निकालेको हो ।
पार्टीको नाम विवादमा ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदाललते गत फागुन २३ गते उनकै नेकपा वैधानिक र एमाले र माओवादी केन्द्र मिलेर पछि बनेको नेकपा अवैधानिक भनेर फैसला गरेपछि अहिले देशको राजनीति उथलपुथल भएको छ।




प्रतिक्रिया