नेपाल एथलेटिक्स संघद्धारा म्याराथन धावक पार्की सम्मानित


धनगढी – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण विजेता म्याराथन धावक गोपीचन्द पार्की सम्मानित भएका छन् ।

सन् २०२१ मा जापानमा हुने ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट भएका धनगढी उपमहानगरपालिका–९, का बासिन्दा पार्कीलाई नेपाल एथलेटिक्स संघले धनगढी क्षेत्रीय रंगशालामा विशेष कार्यक्रम गरेर सम्मान गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले पार्कीलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै सम्मानपत्र प्रदान गरे । राष्ट्रिय खेलकुद परिषद्का सदस्य एकेन्द्र कुँवरले पार्कीलाई व्यक्तिगत तवरबाट १५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement