गोरखा – उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परि घाइते भएका दुई जनाको कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरि उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले पहिरोमा परि घाइते भएका सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय छमबहादुर गुरुङलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको जानकारी थिए । डीएसपी श्रेष्ठले पहिरोमा परि बेपत्ता भएकाहरुको भने खोजी कार्य भइरहेको बताए ।
आइतवार बिहान करिव तीन बजे गएको पहिरोमा परी एकै परिवारका तीन जनासहित पाँच जना बेपत्ता छन् ।
बेपत्ता हुनेमा जीतबहादुर गुरुङ, उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ बर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




प्रतिक्रिया