काठमाडौं – गोरखाको धार्चे गाउँपालिका–३ खोर्लाबेशीबाट प्रहरीले अवैध सुन बरामद गरेको छ ।
प्रहरीले पहरोमा बोराभित्र लुकाइराखेको अवस्थामा १६ किलोग्राम सुन प्रहरी चौकी माछीखोलाबाट खटिएको टोलीले बिहीबार बिहान बरामद गरेको हो ।
चट्टानभित्र बोरामा लुकाइराखेको अवस्थामा १६ पिस सुन बरामद गरिएको प्रहरीले जनाएको छ । पहरोमा सुन लुकाउने धनकमल गुरुङ काठमाडौंबाट पक्राउ परेपछि उनले नै पहरोमा लुकाइराखेको सुन देखाएका थिए ।




प्रतिक्रिया