कोरोना भाइरस प्रथम र दोस्रो विश्वयुद्ध भन्दा पनि खतराः गेसो

कोरोना भाइरस प्रथम र दोस्रो विश्वयुद्ध भन्दा पनि खतराः गेसो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले विश्वभर महामारीको रुप लिएको नोभल कोरोना भाइरस युद्ध भन्दा पनि खतरा रहेको बताएको छ ।

गेसोका केन्द्रीय अध्यक्ष कृष्णकुमार राईले शनिवार एक अपिल जारी गर्दै यो भाइरस प्रथम र दोस्रो विश्वयुद्ध भन्दा पनि खतरा रहेको कुरा विकसित देशकै विज्ञहरुले बोलिसकेको अवस्थामा सतर्कता अपनाउने बाहेक अर्को विकल्प नभएको बताएको छ ।

‘विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरसले विश्वलाई खतरामा पारेको सन्देश दिइसकेको छ’, राईले भनेका छन्, ‘यो भाइरस प्रथम र दोस्रो विश्वयुद्ध भन्दा पनि खतरा रहेको कुरा विकसित देशकै विज्ञहरुले बोलिसकेको अवस्थामा तपाईँ हामीसँग सतर्कता अपनाउने बाहेक अर्को विकल्प छैन ।’

उनले यो भाइससँग जोगिन उच्च सतर्ककता अपनाउन अपिल गरेको छ । गोरखा सैनिकका बहालवाला र भूतपूर्व कर्मचारी रहेका सिंगापुर, बेलायत, हङकङ र ब्रुनईसहितमा कोरोना भाइरस फैलिएपछि गेसोले यस्तो आग्रह गरेको हो ।

गेसोले एक विज्ञप्ति जारी गर्दै औषधिसमेत पत्ता नलागेको अवस्थामा देशविदेशका गोरखा सैनिक र अन्य नेपालीलाई बढी भन्दा बढी सतर्क रहन भनेका हुन् ।