गोरखाबाट पक्राउ परेका ८ जना चिनियाँ कामदारलाई अध्यागमनको जिम्मा लगाइयो

गोरखाबाट पक्राउ परेका ८ जना चिनियाँ कामदारलाई अध्यागमनको जिम्मा लगाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गोरखाबाट नियन्त्रणमा लिइएका आठ जना चिनियाँ कामदारलाई काठमाडौं ल्याइएको छ ।

माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिकको साथमा आवश्यक कागज पत्र नभेटिएपछि नियन्त्रणमा लिइएको थियो ।

नौलो नेपाल हाइड्रोपावर कम्पनीले काम गर्न उनीहरूलाई नेपाल ल्याएको थियो ।

आरूघाट गाउँपालिका वडा नम्बर ३ स्थित सोतीबाट सोमबार नियन्त्रणमा लिइएका ८ जनालाई काठमाडौं पठाएको जानकारी प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले दिए ।

पक्राउ पर्नेहरुमा लिङ्घु केशेङ, ट्याङ डाक्वीङ, ट्याङ गुवाङलिन, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, याङ चुन र याङ जियाचुन रहेका छन् । उनीहरुलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाइएको छ ।

‘यसअघि पनि उनीहरुले आधिकारिक कागजपत्र बिना काम गरेको भन्ने जानकारी आएको थियो । हामीले तत्काल आवश्यक कागजपत्र जुटाउन आग्रह गरेका थियौं’, प्रजिअ पौडेलले भने, ‘तर कागजपत्र जुटाउनुको साँटो कोहीले काम छोडेर भागिसकेछन् आठ जना भने अझै काम गरिरहेका रहेछन् । त्यसैले नियन्त्रणमा लिएका हौं । सबैलाई अध्यागमन बिभागको जिम्मा लगाएका छौं ।’