गोरखा – गोरखामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । जिल्लाको बारपाक गाउँपालिकास्थित लिवाचे टोलमा एकै परिवारका तीन जना मृत भेटिएका हुन् ।
बिहान अबेरसम्म घरको ढोका नखोलेपछि स्थानियले गएर हेर्दा अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उनकी बुहारी आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका हुन् ।
विषालु च्याउ खाएका कारण उनीहरुको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टोली अहिले घटनास्थल पुगेको एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय जौवारीको टोली पनि त्यसतर्फ जाँदै गरेको र पोष्टमार्टम पछि नै उनीहरुको मृत्युको कारण खुल्ने उनले बताए ।




प्रतिक्रिया