काठमाडौं – गोरखामा केटी जिस्क्याएको निहुँमा बेहुली र जन्ती पक्षबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार लमजुङको राइनस नगरपालिका-४ अल्कटारबाट बेहुली लिन गोरखाको पालुङटार-४ कुमाल गाउँ आएका जन्ती युवाहरूले केटी जिस्क्याएको आरोपमा कुटाकुट भएको थियो ।
कुटपिटबाट घाइते लम्जुङका ३४ वर्षीय बिष्णुबहादुर कुमालको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको एसपी भोला रावलले बताए ।
‘गाउँको केटीहरु जिस्क्याएको भन्दै बेहुली पक्षका केटाहरुले गाडी रोकेर जन्ती पक्षलाई कुटेछन्’ घटनाको पुष्टि गर्दै एसपी रावलले भने । कुटपिटबाट जन्ती पक्षकै अर्का एक जना घाइते छन् । ‘घटनाको थप अनुसन्धानको लागि मेरै नेतृत्वमा प्रहरीको टोली पालुङटार आएको छ’ एसपी रावलले भने।




प्रतिक्रिया