गोरखामा एनसेल टावरमा आगजनी

गोरखामा एनसेल टावरमा आगजनी


गोरखा – गोरखाको शहिद लखन गाउँपालिकामा अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेका छन्। शहिद लखन गाउँपालिका वडा नम्बर १ बक्राङमा रहेको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार टावरमा आगजनी गर्ने समूहको खोजी भइरहेको छ। शुक्रबार राती टावरमा आगजनी हुँदा तारलगायत सामान जलेर नष्ट भएको छ।

आगजनीमा नेत्रविक्रम चन्द विप्लव समूह संलग्न रहेको अनुमान गरे पनि पुष्टि भइनसकेको प्रहरीले जनाएको छ। टावरमा आगजनी भएसँगै सो क्षेत्रमा सेवा प्रभावित बनेको छ । आगजनी गर्नेको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।