काठमाण्डु – गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल मर्स्याङ्दी नदीमा आएको बाढीले बगाएको छ ।
गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरेनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल बगाएको हो । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग नदीमा डुबेको छ ।
पुल बगाएपछि तनहुँबाट गोरखातर्फ र गोरखाबाट तनहुँतर्फ आउनका लागि लामो बाटो हिँड्नु पर्नेभएको छ ।




प्रतिक्रिया