धरान – कोरोना भाइरस काेभिड -१९ संक्रमणका कारण यस वर्षको गोर्खा भर्ती स्थगित गरिएको छ । पहिलाे पटक कोरोना भाइरसका कारण गोर्खा भर्ती स्थगित हाे ।
कोरोना संक्रमणका कारण यस वर्षको गोर्खा भर्ती स्थगित गरिएको बेलायती सेनाको बिग्रेड अफ गोर्खा प्रमुख कर्णेल रिचर्ड गुडम्यानले जनाएका छन्। हरेक वर्ष धरान र पोखराबाट हुने गोर्खा भर्ती यस वर्ष भने नहुने भएको हो ।
नयाँ भर्तीका लागि २१ मेदेखि १० जुलाईसम्म पोखरा र २३ मेदेखि जुलाई १० तारिखसम्म नाम दर्ताका लागि मिति तोकिएको थियो । यस्तै धरानमा २१ सेम्टेम्बरदेखि १८ अक्टोबर र पोखरामा ९ अगस्टदेखि सेप्टेम्बर १० सम्म छनोट मिति तोकिएको थियो ।




प्रतिक्रिया