काठमाण्डु – माघे संक्रान्ति अर्थात् माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘भाइरल गोर्खे’को प्रचारप्रसारलाई तीव्र बनाइएको छ ।
सोमबार काठमाण्डुमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै मुख्य भूमिकामा रहेको अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले फिल्म र आफ्नो पात्रको बारेमा जानकारी गराएका हुन् ।
अभिनेता मल्लले फिल्ममा एउटा सामान्य गोठालोको कथा रहेको बताए । उनले फिल्ममा गोरखा जिल्लालाई प्रवर्द्धन गर्ने खालको विषयवस्तुहरु पनि राखिएको बताए ।
उनले भने, ‘मेरो भूमिका एउटा गोठालोको रूपमा छ । दिनभर गाईभैंसी चराउँछ । गोरखालाई प्रवर्द्धन गर्ने खालको विषयवस्तु राखिएको छ । त्यसमा पृथ्वी नारायण शाह त झन् महत्वपूर्ण नै भइहाल्यो ।’
अभिनेत्री सृष्टि श्रेष्ठले कमेडी फिल्म गर्न मन लागिरहेको बेला सुहाउँदो फिल्मको कुरा आएको हुनाले अभिनय गरेको बताइन् ।
फिल्मको पात्र आफ्नो वास्तविक पात्रको उल्टो भएको र रमाइलो केही फरक गर्नको लागि पनि फिल्ममा जोडिएको उनको भनाइ छ ।
‘म वास्तविक जीवनमा टिकटक खासै चलाउदिनँ । तर फिल्ममा भने म टिकटक स्टार नै छु । अलिक फरक भूमिकामा छु,’ उनले भनिन् ।
सामाजिक सञ्जालमा भाइरल बन्न उद्दत एक साधारण पात्रको कथा फिल्ममा समेटिएको छ । निगम श्रेष्ठ निर्देशित य फिल्ममा सौगात र अभिनेत्री सृष्टिको मुख्य अभिनय छ ।
एके ब्रदर कम्पनी, द जीएमआई एकेडेमी र निर्भाना फिल्म स्कूलको ब्यानरमा निर्मित फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पबीको अभिनय छ ।




प्रतिक्रिया