सशस्त्रका गोताखोरले भेरी नदिबाट निकाले पोख्रेलको शव

सशस्त्रका गोताखोरले भेरी नदिबाट निकाले पोख्रेलको शव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भेरी नदिमा बेपत्ता भएका ब्यक्तिको शव सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराईबाट निकालेको छ ।

बुधबार पौडी खेल्ने क्रममा सुर्खेत सिम्ता गाउँपालिका–४ भेरी नदिमा बेपत्ता भएका ५८ बर्षीय गोबिन्द पोख्रेलको शव गोताखोरले निकालेको हो ।

सशस्त्र प्रहरी बल नेपाल–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बैशाख ११ गते बिहिबार दिउँसो ५० फिट गहिराईबाट शव बाहिर निकालेको हो ।

उनी बेपत्ता भएसँगै सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यवस्थापन बेश चिप्ले सुर्खेतबाट समेत खोजिकार्यको लागि टोलि परिचालन गरिएको थियो ।

सोहि गाउँपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।