भारत गोवा प्रदेशका मुख्यमन्त्री मनहोर पारिकरको निधन

भारत गोवा प्रदेशका मुख्यमन्त्री मनहोर पारिकरको निधन


लोकेन्द्र शेर्पाली

गोवा – वीजेपी वरिष्ठ नेता गोवा प्रदेशका मुख्यमन्त्री मनहोर पारिकरको आइतबार बेलुका निधन भएको छ । मुख्यमन्त्री पारिकर लामो समयदेखि क्यान्सर रोगबाट पिडित थिए । उनको निधन आइतबार बेलुका ६ वजे भएको उनको निजि सचिवालयले जनाएको छ ।

भारतको केन्द्रीय राजनीतिमा उनको महत्त्वपूर्ण भुमिका रहिआएको छ २०१३ को लोकसभा चुनावमा गोवा बाट निर्वाचित भएका पारिकार भारत सरकारका रक्षामन्त्री बनेर तिन वर्ष काम गरिसकेका छन् । २०१७ को गोवा राज्यको विधानसभा चुनावमा उनको पार्टी बिजेपीले हारको सामना गर्नुपरेपछि । गोवाको राजनीति उथलपुथल पुगेको थियोे ।

बिजेपी पार्टीले उनलाई गोवाको राजनीति स्थिर बनाइराख्न पुन गोवाको राजनीतिमा ल्याएको थियो । उनको दलले २०१७ मा हारको सामना गर्नुपरेपनि उनले आफ्नो नेतृत्वमा साना दलको समर्थनमा बहुमतको सरकार संचालन गरिरहेका थिए ।

गोवामा उनी पटकपटक मुख्यमन्त्री भएर काम गरिसकेका छन् वर्तमान अवस्थामा गोवालाइ समृद्ध सम्पन्न गोवा बनाउन उनको महत्त्वपूर्ण भुमिका रहिआएको छ । उनको कार्यकालमा गोवाले अत्याधिक विकासको फड्को मारेको छ गोवा अहिले भारतको सिंगापुर भनेर पनि चिनिन्छ त्यो सबै उनकै देन हो ।

उनी गोवामा एक मात्र सर्वमान्य नेता थिए उनि प्रतिपक्षी पार्टीका पनि नेता थिए । उनको अन्तिम दाससस्कार सोमबार आज बेलुका पाँच बजे राजकीय सम्मानका साथ अन्तेष्टि गरिने छ । उनको निधनले सत्तारूढ बिजेपी पार्टीलाई अपुरणिय क्षति हुन पुगेको छ ।