सरकारको १०० दिनको समीक्षा गर्दे प्रधानमन्त्री ओलीले यसो भने (भिडियो)


काठमाडौं – केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १०० दिन पूरा भएको छ । सरकारले १०० दिनमा २४५ वटा निर्णय गरेको छ । यसबीचमा २० पटकको मन्त्रिपरिषदको बैठकले २४५ वटा निर्णय गरेको हो ।

केपी शर्मा ओली गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ओलीले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद गठन गरे भने फागुन १४ मा दोस्रो र चैत २ गते तेस्रोपटक विस्तार गरी मन्त्रिपरिषदको आकार २२ सदस्यीय र्पुयाएका थिए ।

फागुन ३ गतेको पहिलो बैठकले प्रत्येक स्थानीय तहमा न्यूनतम एउटा उद्योगग्राम स्थापना गर्ने निर्णय गरेको थियो । त्यस्तै प्रत्येक प्रदेशका सदरमुकाममा अत्याधुनिक र सुविधासम्पन्न खेलग्रामसहितको रंगशाला निर्माण गर्ने निर्णय गरेको थियो । प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement