काठमाण्डु – सरकारले प्रजातन्त्र दिवसका अवसरमा गरिने कार्यक्रम ३ दिनसम्म गर्ने भएको छ ।
नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते मनाइँदै आएको दिवसको अवसरमा यसपालि आउँदो फागुन ६, ७ र ८ गते विविध कार्यक्रम गर्ने निर्णय भएको छ ।
बिहीबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले ३ दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । जसका लागि बैठकले मूल समारोह समिति गठन गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षता रहेको समितिमा नेपाल सरकारका मन्त्रीहरू, काठमाण्डु उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य रहेका छन् भने गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्य सचिव रहेका छन् ।
प्रजातन्त्र दिवस मनाउन ३ दिनसम्म नेपालभर र विदेशस्थिति नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा विभिन्न कार्यक्रम गर्ने निर्णय भएको छ । मूल समारोहको कार्यक्रम सैनिक मञ्च टुंडिखेलमा हुनेछ ।




प्रतिक्रिया