चीनसँग सम्झौता कार्यान्वयनका लागि छुट्टै संयन्त्र गठन गर्ने सरकारकाे निर्णय

चीनसँग सम्झौता कार्यान्वयनका लागि छुट्टै संयन्त्र गठन गर्ने सरकारकाे निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चीनको सहयोगमार्फत् सञ्चालन हुने कार्यक्रम तथा परियोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र स्थापना गर्ने भएको छ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले चीन सहयोग सम्बन्धी कार्यक्रम र परियोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र स्थापना गर्ने समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। सो समझदारीपत्रमा चीनको परराष्ट्र मन्त्रालयसँग हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिने निर्णय पनि गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते चीन जाँदैछन्। उनी चीन जानु २ दिनअघि सरकारले विगतमा चीनसँग गरिएका सहमति कार्यान्वयनमा सहज हुनेगरी आवश्यक संयन्त्र स्थापना गर्ने परराष्ट्र मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ मा चीनसँग व्यापार तथा पारवहान सम्झौतासहितका सहमति र समझदारी भएका थिए। तर, समझदारी कार्यान्वयन हुन नसकिरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो।